एजेन्सी। रनवेमा मानिसहरुले प्लेन धकेलिरहेको तस्बिर यतिबेला ट्वीटरमा भाइरल भइरहेको छ । गरुडा इन्डोनेसिया प्लेनलाई २० जना मानिसहरुले धकेलीरहेको फोटो ट्वीटरमा आएपछि भाइरल भएको हो ।

फोटो हेरेपछि प्लेनमा केही खराबी भएका कारण धकेलिएको हुन सक्ने अनुमान गरिएको थियो। तर गरुडा इन्डोनेसियाका एक म्यानेजरले भने यसको कारण अरु केही भएको बताएका छन्।

ती म्यानेजरका अनुसार गत बिहिबार इन्डोनेसियाकै तम्बोलाका एयरपोर्टमा यो परिस्थिति सिर्जना भएको हो। प्लेन अप्रोन तिर फर्किनुपर्नेमा ‘मिस’ भएको र त्यसलाई अप्रोनतिर फर्काउनको लागि एयरपोर्टमा ट्रयाक्टर नभएकोले एयरपोर्टकै प्राविधिक र कर्मचारीहरुले प्लेन धकेलेका थिए ।

Comments

comments