काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तगर्त द्रोसो खेलमा नेपाल ओमानबिरुद्ध ब्याटिङ गर्दैछ ।

अफाइज पार्कमा ओमानले टस जितेर फिल्डीङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्दैछ । यसअघि बिहिबार आयोजक नामिबियामाथि १ विकेटको संघर्षपुर्ण जित निकालेको नेपाल ओमानबिरुद्ध जित हात पार्ने दाउमा छ ।

यसअघि हिजो नेपालले आयोजक नामिबियालाई १ विकेटले हराएको थियो । पहिले बलिङ गर्दै नामिबियालाई १ सय ३८ रनमा अलआउट गर्न सफल नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।

सोमपाल कामीले ३ विकेट लिदा कप्तान पारस खड्का,बसन्त रेग्मी र शरद भेषवाकरले १ –१ विकेट लिएका थिए ।

Comments

comments