एजेन्सी । दक्षिण कोरियाको प्योङच्याङमा शुक्रबारदेखि २३ औं विन्टर ओलम्पिक सुरु हुँदैछ । प्योङचाङमा उदघाटन समारोहको भव्य तयारी गरिएको छ ।

ओलम्पिक २५ फेब्रुअरीसम्म चल्ने छ । दक्षिण कोरियाका विभिन्न १३ स्थानमा १५ खेलको प्रतिस्पर्धा हुनेछ ।

विन्टरमा १ सय २ स्वर्ण पदकका लागि विश्वका ३ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै सन् २०१४ को ओलम्पिकमा शक्तिवर्धक औषधि लिएको आरोपमा प्रतिवन्ध खेपेको रुसका १ सय ६९ खेलाडीले यो प्रतियोगितामा स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्दैछन् ।

यो ओलम्पिक पहिलो पटक दक्षिण कोरियामा आयोजना हुन लागेको हो । १९८८ मा सोलमा १९८८ ग्रीष्मकालीन ओलम्पिक आयोजना भएको थियो । तर प्योङचाङ शीतकालीन ओलम्पिक आयोजना गर्ने दक्षिण कोरियाको पहिलो शहर बनेको छ ।

लोमा समयदेखि शुत्रवत सम्बन्ध रहेको उत्तर कोरिया र दक्षिण कोरियाबीच ओलम्पिकले सम्बन्ध सुधार हुने देखिएको छ । दुवै कोरियाली प्रायद्वीपका खेलाडीहरु यो ओलम्पिकमा एउटै झण्डामुनि आएका छन् । उदघाटन समारोहमा दुवै कोरियाली खेलाडीहरुले एउटै झण्डा लिएर मार्चपास गर्ने भएकाछन् ।

प्योङचाङ ओलम्पिक, इतिहासमै सबैभन्दा चिसो क्षेत्रमा भएको पहिलो ओलम्पिक हो । बिहीबार राति माइनस २० डिग्री रेकर्ड गरिएको तापक्रम घट्ने अनुमान गरिएको छ ।

Comments

comments