काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल आज दिउसो सवा १ बजेबाट सुरु हुनेछ ।

जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले नामिबियालाई १ विकेटले हरेको थियो भने ओमान क्यानडासँग ८ विकेटले हारेको थियो ।

नेपाल र ओमान २००७ देखि एक अर्काका प्रतिद्वन्दी रहदै आएका छन ।

यतिबेला ओमान डिभिजन ३ को च्याम्पियन बन्दै डिभिजन २ मा उक्लिएको हो भने नेपाल डिभिजन १ बाट झरेको हो ।

Comments

comments