मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया स्थित एक सुपरमार्केटमा किनेको अंगुरको प्याकेट भित्र मरेको मुसा भेटिएको छ। रयान साउटरले किनेको अंगुरको प्याकेट भित्र मुसा भेटिएको हो ।

किनेर लगेर फ्रिज भित्र अंगुर राखेका उनले प्याकेट हेरेका थिएनन्। अर्को दिन फ्रिजबाट प्याकेट निकालेर हेर्दा मरेको मुसा भेटियो। त्यसपछि उनीसंगै बस्ने साथीले अंगुर लिएर सुपरमार्केट गइन् , त्यसपछि त्यहाँ रहेका सेल्सपर्सनले पैसा फिर्ता दिए र माफी मागे। तर जब उनीहरुले मूख्य कार्यालयमा गएर कुरा गरे, त्यहाँ उनीहरुको कुरालाई बेवास्ता गरियो र रयान लगायत साथीहरुले त्यो सुपरमार्केटको ठूलो कमजोरी भएको बताएपछि ५० डलरको गिफ्ट कार्ड दिइयो ।

स्वास्थ्यमा असर गर्न सक्ने यति ठूलो गल्तीमा पनि सुपरमार्केट गम्भीर नभएको र ५० डलर गिफ्ट कार्ड मार्फत घटना दबाउन खोजेकोले आफूहरुले यो घटना सार्वजनिक गरेको रयान र उनका साथीहरुले बताएका छन्।

तस्बिर स्रोत

Comments

comments