काठमाडौं । नामिवियामा आजबाट सुरु भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को आफ्नो पहिलो खेलमा नेपालले टस जितेर आयोजक नामिबियालाई ब्याटिङको निम्तो दिएको छ । जारी खेलमा अहिले आयोजक नामिबियाले ब्याटिङ गरिरहेको छ ।

विश्वकप छनोटमा स्थान बनाउने उद्देश्यका साथ दुबै टोली जितको खोजिमा मैदान उत्रिएका छन् । पहिलो खेलमा नै जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा छन । नामिबिया घरेलु भूमिको मौका उठाउने लक्ष्यमा छ र यसअघि भएको पराजयको बदला लिने रणनीतिमा छ । तर नेपाल भने आफ्नो पुरानै लयलाई निरन्तरता दिने दाउमा छ ।

पछिल्ला चार भेटमा नेपालले नामिवियालाई लगातार ३ पटक पराजित गर्न सफल भएको छ भने पहिलो खेलमा नेपाल पराजित भएको थियो । प्रतियोगितामा आयोजक नामिवियासँगै नेपाल, केन्या, युएई, ओमन र क्यानडा रहेका छन् ।

प्रतियोगिताका शीर्ष दुई टोलि विश्वकप छनोट खेल्ने मौका पाउनेछन् ।

Comments

comments