पाँचथर । नौ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । तुम्बेवा गाउँपालिका ३ का १८ वर्षीय भीम भनिने मनकुमार सम्बाहाम्फे बलत्कार आरोपमा पक्राउ परेका हुन् ।

सम्बाहाम्फले शनिबार बालकिालाई बलत्कार गरेको प्रहरीले जनाएको छ । ‘बालिकालाई ललाई फकाई बलात्कार गरेको’ जाउँदै पीडित परिवारले प्रहरी कार्यालयमा सम्बाहाम्फे विरूद्ध उजुरी दिएका थिए ।

बालिकाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । सम्बाहाम्फेलाई मुद्धा चलाएर कारवाही गर्ने प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Comments

comments