सिड्नी । अष्ट्रेलियाको सिड्नी स्थित हार्वर ब्रीजमा त्यहाँका आदिवासीले आफ्नो आदिवासी झण्डा फहराएका छन् । उनीहरुका अनुसार उक्त झन्डा १५ दिनसम्म राखिनेछ ।

अष्ट्रेलिया सरकारले राष्ट्रिय दिवसको अवसरमा हार्वर ब्रीजमा राष्ट्रिय झण्डा फहराउने गर्दछ । तर राष्ट्रिय दिवसलाई त्यहाँका आदिवासीले भने आफ्नो स्वाधिनता गुमाएको र पराधिन भएको दिनको रूपमा व्याख्या गर्दै आएका छन् ।

आदिवासीले झण्डा राखेको प्रसङ्गमा बोल्दै अष्ट्रेलियाको विपक्षी दल लेबर पार्टीका सांसद ल्युक फोलेले अबको निर्वाचनमा अाफ्नो पार्टी निर्वाचित भएमा उक्त पुलमा सधैँका लागि आदिवासीको झण्डा फहराइरहने बताएका छन् । उनले राष्ट्रिय दिवसको दिन उक्त पुलमाअष्ट्रेलियाको झण्डा राख्न छोड्नुपर्ने तर्क समेत गरेका छन् ।

Comments

comments