चरमपन्थी संगठन इस्लामिक स्टेटले बन्धक बनाएका टर्कीका ४९ नागरिकलाई छोडेको छ ।

गत जुन महिनामा इराकको मोसुल सहरमा बन्धक बनाइएकाहरुलाई टर्की पुर्याइएको थियो । बन्धक बनाइएकाहरुमा राजनीतिज्ञ सैनिक तथा बच्चाहरु रहेको टर्कीका प्रधानमन्त्री अहमत दावातोगुलुलाई उदृत गर्दै विविसिले जनाएको छ । मोसुलमा रहेको टर्कीको वाणिज्य दूतावासमा आक्रमण गरी ती व्यक्तिहरुलाई बन्धक बनाइएको थियो । जुलाईमा पनि टर्कीका विभिन्न घटनामा ३२ जना ट्रक ड्राइभरहरुको अपहरण गरी त्यसको तीन हप्तापछि आइएसले छोडेको थियो ।

Comments