काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले डा गोविन्द केसीले प्रधानन्यायाधीश माग गरे बमोजिम गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउन नसकिने बताएको छ ।

प्रधान्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि माग गर्दै डा। केसीले दिएको निवेदनको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो जवाफ दिएको हो ।

जिल्ला प्रशासन कार्यालयले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि सर्वोच्च अदालतबाटै लिन सकिने सुझाव समेत केसीलाई दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले बुधवार केसीको मागबारे ३ बुँदै जवाफ दिँदै माघ १० गते नै पराजुलीको नागरिकताको प्रतिलिपि र सम्बन्धित प्रमाणपत्रको सर्वोच्च अदतलमा पठाइसकेको पनि बताएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले गोबिन्द केसीका नाममा पत्र जारी गर्दै पराजुलीसँग सम्बन्धित काजगपत्र र नागरिकताको नक्कल प्रति अदालतबाट पाउने भएकाले प्रशासन कार्यालयले उपलब्ध गराउनु नपर्ने बताएका छन् ।

Comments

comments