मेलबर्न । अष्ट्रेलिया बसाईसराईको लागि धनाढ्य व्यक्तिहरुको रोजाइमा विश्वकै पहिलो देश बनेको छ। न्यु वर्ल्ड वेल्थले सार्वजनिक गरेको सूचीमा अष्ट्रेलिया पहिलो नम्बरमा आएको हो।

उक्त तथ्यांक अनुसार अष्ट्रेलिया धनाढ्यहरुको लागि विश्वमै सबैभन्दा आकर्षक गन्तव्य बनेको छ । गत वर्ष अर्थात २०१७ मा १० हजार मिलिनियरहरु अष्ट्रेलियामा बसाईसराई गरेका छन् ।

अष्ट्रेलिया पछि अमेरिका यस सूचिको दोस्रो स्थानमा आएको छ। अमेरिकामा २०१७ मा ९ हजार मिलिनियरहरु बसाई सरेका थिए। यस तथ्याङ्कबाट औसतमा हेर्दा अमेरिकी नागरिक भन्दा अष्ट्रेलियन नागरिक धनी देखिएको बताइएको छ ।

Comments

comments