एजेन्सी । ताइवानको हुआलीन क्षेत्र केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ ।

स्थानीय समय अनुसार मंगलबार राती ११ बजे ५० मिनटको समयमा ताइवानको हुआलीन क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्पबाट २ जनाको मृत्यु भएको र सयौं मानिसहरु घाइते भएको सरकारी अधिकारीहरुले जनाएको छ । तर, राती भूकम्प गएकाले क्षतीको यर्थात विवरण आउन नसकेको अधिकारीहरुले जनाएका छन् ।

सरकारी अधिकारीका अनुसार शहरको एक होटल भूकम्पबाट क्षतीग्रस्त भएको र होटलभित्र रहेका सयौ मानिसहरुलाई उद्धारको प्रयास भईरहेको जनाएको छ । भूकम्पबाट पूल, सडक र घरहरुका क्षति पुगेको स्थानीय सरकारले जनाएको छ ।

Comments

comments