काठमाडौं । ०७० साल माघमा सविकको बुटवल नगरपालिका १३ का एकबहादुर रानाले नेपाली नागरिकता त्यागका लागि जिल्ला प्रशासन कर्मालय रुपन्देहीमा निवेदन दर्ता गराए ।  कारण थियो बेलायती नागरिकता प्राप्त गर्नु ।

हङकङमा बस्दै आएका उनलाई विदेश मोहले छोएपछि उनले आफ्नो जन्मथलो छाडेर बेलायत रोजे ।  २०५३ सालमा नागरिकता लिएका उनले ०७० साल अर्थात् नागरिकता प्राप्त गरेको १७ बर्षमा नेपाली नागरिकता त्यागे ।

अष्ट्रेलिया, जर्मनी, अ नेदरल्यान्ड्स, हंगेरी, मकाउ, कोरिया, फ्रान्स, जोर्डन र भारत बस्दै आएकाहरूबाट पनि नागरिकता त्यागको निवेदन पर्ने गरेको छ । लामो समय विदेश बसेपछि उतै बिहेबारी गरेकाहरू, यताबाट परिवार पनि लगेकाहरूले नागरिकता त्याग्ने गरेका छन् ।

Comments

comments