एजेन्सी । आयरल्याण्डमा फिन नाम गरेको कुकुर अपहरणमा परेको छ। कुकुर हराएपछि उसका मालिक जोय ब्रोचेरटले कुकुर भेट्टाउनेलाई ५ हजार पाउण्ड पुरस्कार दिने घोषणा समेत गरेका थिए ।

यत्तिकैमा उनलाई एक मानिसको फोन आयो । ती मानिसले कुकुर आफूले अपहरण गरेको भन्दै १५ हजार पाउण्ड अर्थात २० लाख फिरौतीको माग गरे। कुकुर मालिकले भने त्यति धेरै रकम दिन नसक्ने भन्दै कुकुर फिर्ता गरिदिन आग्रह गरेका छन् ।

अपहरणकारीले १५ हजार पाउण्ड भन्दा कम नलिने बरु कुकुरलाई मारिदिने धम्की दिएका छन् ।

Comments

comments