एजेन्सी । बलिउड नायिका करिना कपुर हिजो आज पति सैफअलि खानलाई सम्झदै एकान्तमा रुने गर्दछिन् । यो कुराको खुलासा करिना आफैले गरेकी हुन् ।

केही दिन अघि पत्रकारसँगको कुराकानीमा उनले पति सैफ सुटिङका लागि घर बाहिर गएका बेला आफूले आँसु थाम्न नसक्ने गरेको बताएकी हुन् ।

उनले भनिन, ‘सैफ जब सुटिङका लागि घर निस्कन्छ, म उसलाई मिस गर्छु र एक्लै रोएर बस्छु ।’ उनले भनेकी छन्, मलाई उनसको निकै माया लाग्छ ।’ घरमा छोरा तैमुरसँग रहदाँ पनि उनको तम मन भने पति सैफको यादमा रहने गरेको पनि उनले बताएकी छन् । छाेरासँगै भए पनि सैफ नहुँदा उनले अाफूलार्इ एक्लाे महसु गर्ने गरेकाे बताइन्र ।

२०१२ मा लामो प्रेमलाई बिहेमा परिणत गरेका यी जोडी बलिउडका चर्चित जोडीमा पर्दछन् । उनीहरुका छोरा तैमुर समेत चर्चित स्टार किडमा पर्दछन् । पछिल्लो दिनमा करिनाको समय अभिनयमा भन्दा छोराको हेरबिचारमा बित्ने गरेको छ । त्यसैले पनि उनी घरमा र पति घर बाहिर हुन्छन् त्यती बेला उनी पतिलाई सम्झेर रुने गरेको उनले बताइकी हुन् ।

Comments

comments