रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार चन्द्रपुर नगरपालिका ८,सन्तपुरमा निर्माण गरिएको एकीकृत नमूना बस्तीको उद्घाटन गरेकी छन् ।

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण नमूना बस्ती स्थित मुसहर समयदायलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रपति भण्डारीले कलाकारद्धयको देशमै अनुकरणीय कामको बताएन । ‘कलाकारले विभिन्न स्रोत जुटाएर यस्तो बस्ती बनाउनु चानचुने काम होइन’ उनले भनिन् भने, ‘यो काम देशले नै प्रसंसा गर्न लायक छ । यस्तो काममा सरकारले समेत साथ र सहयोग गर्नुपर्ने पर्छ ।’
राष्ट्रपति भण्डारीले । माटो र फुसको छाना भएको घर तराईबाट हटाउदै लग्ने पर्ने बताइन ।

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा वडा नम्बर ८

सन्तपुरमा बाढी प्रभावित मुसहर एवं दलितका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ घरसहित ५० वटा संरचनाको निर्माण कार्य सम्पन्न भएपछि हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रदेश नम्बर २ का प्रमुख रन्तेश्वर लाल कायस्थ कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य,रौतहटका पुर्व कन्त्री तथा सांसदहरुको उपस्थिति थिए ।

नमूना बस्ती २ सय ८४ जना बासिन्दाका लागि ४७ वटा घरका साथै सामुदायिक भवन, मन्दिर, क्लब घर, भ्यु टावर गरी ५० संरचना निर्माण भएका छन् ।

साउनमा आएको बाढीले दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो । करिब पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको बस्ती कलाकार धुर्मुस दिनरात आफैं खटेर काम गर्दै आएका थिए ।

Comments

comments