मेलबर्न । अष्ट्रेलियाको दक्षिण ब्रिसबेनमा बिहानै लुटपाट भएको छ । सोमबार बिहान भारतीय द्वारा संचालित एक स्टोरमा लुटपाट भएको हो ।

सेभेन न्युज अष्ट्रेलियाका अनुसार, स्टोर बिहान ५ बजे खोलिएको थियो । स्टोर खोल्नासाथ एउटा कार स्टोर अगाडी रोकियो र त्यसबाट ओर्लिएका दुई जनाले स्टाफलाई चक्कु देखाउँदै लुटपाट गर्न थाले । उनीहरुले मास्क लगाएका कारण सिसिटिभी रेकर्डमा उनीहरुको अनुहार पहिचान हुन सकेको छैन।

घटनापछि स्टोर मालिक ज्याक पटेलले सुरक्षाका कारण अब स्टोर खोल्ने समय परिवर्तन गरिने बताएका छन् ।

Comments

comments