नेपाल सरकार र भारतीय कम्पनी जीएमआरबीच भएको माथिल्लो कर्णालीको पीडीए सम्झौतको विरोधमा नेकपा–माओवादीले असोज ७ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।

माओवादी अध्यक्ष मोहन बैद्यले आज विज्ञप्ति जारी गर्दै सम्झौताले जलस्रोतमाथिको नेपालकै सार्वभौम अधिकार हनन गरेको दावी गर्नुभएको छ । राष्ट्रिय हित अनुरुपका प्रावधानहरुसहित सर्वदलीय राष्ट्रिय सहमति कायम गरेर मात्र पीडीए र पीटीए गर्नु पर्ने आफूहरुको मागलाई उपेक्षा गर्दैै कांग्रेस र एमालेको संयुक्त सरकारले जसरी जबरजस्ती सम्झौता गरेको भन्दै माओवादीले विरोध गरेको छ ।

असोज ७ गते राजधानी लगायत देशव्यापी विरोध प्रदर्शन लगायत सङघर्षका विविध रुपहरु अवलम्बन गर्दै विरोध गर्ने र सङघर्षलाई निरन्तरता दिने निश्चित गरिएको छ, विज्ञप्तिमा भनिएको छ । लगानी बोर्डले हिजो जीएमआरसँग माथिल्लो कर्णालीको पीडीए गरेको थियो ।

Comments