एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वार्डफोर्डसँग पराजित भएको छ ।

सोमबार राति भएको खेलमा चेल्सी वाटफोर्डसँग ४–१ ले पराजित भएको हो । खेलको ३० औं मिनेटमा बाकायोकोले रातो कार्ड पाए पछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो । जसको फाइदा वाटफोर्डले लियो ।

वाडफोर्डले खेलको ४२ औं मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गर्यो । त्यसपछि ८४ औं र ८८ औं तथा अन्तिम समयमा गोल गर्दै चेल्सीलाई ४–१ गोलले हरायो । चेल्सीकालागि भने इडेन हाजार्डले खेलको ८२ औैँ मिनेटमा गोल गरेका थिए ।

Comments

comments