काठमाडौं । सरकारले नेपाली वायुसेवा कम्पनीका लागि अन्तर्राष्ट्रिय उडानको लाइसेन्स खोल्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ वर्षपछि यस्तो लाइसेन्स खोल्ने तयारी गरेको हो । वि.स. २०६६ यता लाइसेन्सका लागि सरकारले आवेदन मागेको छैन । कारोबारमा समाचार छ ।

सरकारले अन्तर्राष्ट्रिय उडान अनुमति जारी गर्न आवश्यक सर्त तथा नियमावली (टीओआर) को संशोधन प्रक्रिया समेत अगाडि बढाएको छ । प्रत्येक ३ वर्षमा संशोधन गर्ने भनिए पनि २०६६ यता पहिलोपल्ट संशोधन गर्न लागिएको हो ।

Comments

comments