वीरगञ्ज । बिन्दसाविनी गाउँपालिकाले घरमा शौचालय नबनाउनेलाई सरकारी सेवा नदिने निर्णय गरेको छ ।

गाउँपालिकाले घरमा चर्पी नहुनेलाई सामाजिक सुरक्षा भत्ता, जन्म, मृत्यु र विवाह दर्ता रोक्ने निर्णय गरेको हो ।

गाउँपालिकाले चर्पी नहुनेलाई सिफारिस रोक्नुको साथै जरिवाना गर्ने तयारी भएको सचिव अर्जुनप्रसाद चौहानले बताए ।

सचिव चौहानका अनुसार गाउँपालिकािभित्र ९० प्रतिशत घरमा शौचालय छ । बाँकी १० प्रतिशत घरधुरीले शौचालय बनाउन चासो नलिएपछि त्यस्ताे नियम बनाइएकाे उनले बताए ।

Comments

comments