सिड्नी। अष्ट्रेलियामा धेरै नेपाली विद्यार्थीहरु आफ्नो पढाइ र कामको क्षेत्र नमिल्दा, विषय परिवर्तन गर्न खोज्दा, काम नपाउँदा, आदि अवस्थामा तनावमा रहने गर्छन्। यही समस्यालाई आफूहरु पनि भोगेका र देखेका दुई नेपाली युवाहरुले विद्यार्थीहरुको सहयोगको लागि ‘एमडी एडभाईजर्स’ संचालन गरेका छन्।

सिड्नीमा संचालनमा आएको एमडी एडभाईजर्स ग्रुप अफ कम्पनीजले बायोडाटा लेखन, कामको लागि अन्वर्तार्ता तयारी र करिअरको सही सुझाव दिने कार्यलाई अगाडि बढाएको छ । संस्थाका निर्देशकहरु दिपक भुसाल र मोनु ओलीले आफूहरुले विद्यार्थीहरुलाई नयाँ सीप दिनुभन्दा पनि उनीहरुमा भएको सीपलाई कसरि प्रस्तुत गर्ने भन्ने विषयमा सहयोग गर्ने बताउँछन् ।

उनीहरुका अनुसार, अष्ट्रेलियामा धेरै नेपाली विद्यार्थीहरु आफ्नो काम अर्कै क्षेत्रमा र पढाइ अर्कै विषय हुँदा अलमलमा परिरहेका छन्। एमडी एडभाईजर्सले उनीहरुलाई त्यो परिस्थितिबाट बाहिर निस्किन सहयोग गर्छ ।

Comments

comments