एजेन्सी। इङ्गिलस प्रिमियर लिग फुटबलमा लिभरपुल टोटनह्यामसँग २–२ को बराबरीमा रोकिएको छ ।

खेलको तेस्रो मिनेटमै मोहम्मद सलाहले लिभरपुलले एक गोल गरेको थियो भने ८० औं मिनेटमा टोटनह्यामका न्युयामाले बराबरी गोल फर्काए । खेलको इन्जुरी समयमा सलाहले नै गोल गर्दै फेरि लिभरपुललाई अग्रता दिलाए तर खेलको अन्तिम समयमा पेनाल्टीबाट गोल गर्दै ह्यारी केनले टोटनह्यामलाई बराबरीमा पुर्याए ।

५१ अंकसहित लिभरपुल अंक तालिकाको तेश्रो र २ अंक कम भएको टोटनह्याम चौथो स्थानमा छ ।

Comments

comments