काठमाडौं । क्यान्सर रोगबारे सचेतना दिलाउने उदेश्यले बर्षेनी फेबु्रअरी पहिलो हप्ता क्यान्सर सप्ताह मनाइने गरिन्छ । तर, क्यान्सर रोगी घट्नुको साटो बढिरहेको तथ्यांकले देखाउँछ ।

नेपालमा बर्षेनी २० हजार बढीले क्यान्सरबाट जीवन गुमाइरहेका छन् । हाल विश्वभर एक करोड ४० लाख क्यान्सरका बिरामी छन । त्यसमध्ये वर्षेनि ९० लाख मानिसको मृत्युको कारण क्यान्सर नै हुने गरेको छ ।

यस्तो प्राणघातक रोग बेलैमा पत्ता लाग्न सके उपचार असम्भव भने छैन । स्रोतका अनुसार नेपालमा ३० प्रतिशत क्यान्सर रोगीको उपचार भएको छ भने ७० प्रतिशत बिरामीको आयु बढाउने काम मात्रै भइरहेको छ ।

अनुसन्धानबर्ताका अनुसार सरुवा भन्दा नसर्ने क्यान्सरजस्तो रोग नै स्वास्थ्य क्षेत्रको चुनौति बन्दै आएको छ । यही तथ्यलाई ध्यान दिएर सरकारले नीति तथा कार्यक्रम समेत तयार पारेको छ । नेपाल सरकारले क्यान्सर रोगीको उपचारमा एक लाख र मासिक पाँच हजार दिदै आएको छ ।

तर, रोगी र उनका आफन्तले भने सरकारले दिने सुविधा लिने प्रक्रिया झन्झटीलो र उपचारमा लाग्ने खर्चको तुलनामा निकै कम भएको गुनासो गरेका छन् ।

Comments

comments