मेलबर्न। अष्ट्रेलिया सरकारले पछिल्लो समय देशका विभिन्न नीतिहरुमा परिवर्तन गर्ने निर्णय गरिरहेको छ। निर्णय भएका केही कुराहरु सार्वजनिक भइसकेका छन् भने धेरै जसो छलफलमा र गोप्य रुपमा राखिएको छ । तर ती सबै कागजात प्रधानमन्त्री कार्यालयबाट नै हराएपछि सरकार मातहत सबै तिर खैलाबैला मच्चिएको थियो।

व्यापक खोजीपछि ती फाइलहरु सेकेन्ड ह्याण्ड फर्निचरसंगै बिक्रि भएको पत्ता लागेको छ । प्रधानमन्त्री कार्यालयको दराज बेच्दा दराज भित्र भएका महत्त्वपूर्ण कागज पनि संगै गएका हुन्।

एबीसी न्युज च्यानलले केही समय यता सार्वजनिक नभएका सरकारका निर्णयहरु सार्वजनिक गरिरहेको थियो। दराजको खोजी गर्दै जाँदा, फर्निचरबाट उक्त दराज एबीसी न्युज च्यानलले किनेको र त्यहाँ भेटिएका फाइलका आधारमा च्यानलले समाचार बनाएको खुल्न आएको छ। च्यानलले यो आफ्नो बदमासी नभई संयोग मात्र भएको बताएको छ।

स्थानिय संचारमाध्यमहरुका अनुसार केही फाइल अझै भेटिएका छैनन् ।

तस्बिर स्रोत

Comments

comments