काठमाडौँ । पाकिस्तानको हरिपुरमा उत्खनन् क्रममा तेस्रो शताब्दीताकाको गौतम बुद्धको मूर्ति भेटिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, सन् १९२९ मा पनि यहाँ उत्खनन् प्रयास भएको थियो । आतंकवादी गतिविधि भएकाले उत्खनन् अवरुद्ध भएको थियो ।

झन्डै नौ दशक अर्थात् ८८ वर्षपछि भएको उत्खनन्मा १४ मिटर लम्बाइ भएको सुतेको अवस्थाको गौतम बुद्धको विशाल मूर्ति भेटिएको हो । पाकिस्तानको पुरातत्व विभागका अधिकारी अब्दुल समदका अनुसार मूर्तिसँगै अरु पाँचसय अवशेष भेटिएका छन् । र, यी सबै तेस्रो शताब्दीका हुन् ।

सम्राट अशोकको शासनताका हरिपुर बुद्ध सभ्यताको स्थल थियो । यहाँ अरु कयौँ बुद्धका मूर्ति र स्तुप पनि भेटिएका छन् ।
पाकिस्तान सरकारले बुद्ध मूर्तिलाई सुरक्षित राखेर पर्यटकलाई आकर्षित गर्ने प्रयास गरेको छ तर मुस्लिम समुदायबाट यसको विरोध भइरहेको छ ।

Comments

comments