मेलबर्न । अष्ट्रेलिया सरकारले गत वर्ष अर्थात् २०१७ मा १२ सय जनालाई देश निकाला गरेको छ।

सरकारले विभिन्न अपाराधिक क्रियाकलाप संलग्न भएका विदेशीहरुलाई देशनिकाला गरेको हो।

तथ्याङ्क अनुसार न्यु साउथ व्ह्लेसमा ४ सय ३०, क्विन्सल्याण्डमा ३ सय र भिक्टोरिया राज्यमा २ सय १७ जनाको भिसा रद्द गरिएको थियो ।

सरकारले २०१४ देखि यता हालसम्म तीन हजार जनालाई देशनिकाला गरेको छ। ती मध्ये ३ सय ९५ जना यौनहिंसामा संलग्न भएको बताइएको छ।

Comments

comments