काठमाडौं । गत वर्ष रिलिज भएको सुपरहिट फिल्म ‘जात्रा’ को सिक्वेल निर्माण हुने भएको छ । अर्को वर्षको जेठ पहिलो साताबाट छायांकन सुरु गर्ने गरि यतिबेला निर्माण टीम स्क्रिप्टमा छलफल गरिरहेको छ ।

लेखक तथा निर्देशक प्रदीप भट्टराईका अनुसार ‘जात्रा २’ को कथा जात्रा जहाँ अन्त्य भएको थियो त्यहींबाट सुरु हुनेछ, तर कथा भने नयाँ हुनेछ । शुक्रबार साँझ ‘जात्रा’ युट्युबमा रिलिज गरिने भएको छ ।

‘जात्रा’ को सिक्वेलमा पनि पूरानै कलाकार वर्षा राउत, विपिन कार्की, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा लगायतको मूख्य अभिनय रहनेछन् । उनीहरुको साथमा केही नयाँ कलाकार पनि थपिनेछन्। रविन्द्र सिंह बाँनियाले फिल्म निर्माण गर्नेछन् ।

Comments

comments