मेलबर्न । अष्ट्रेलियाको पर्थको एक होटलमा बर्गर भित्र मरेको मुसा भेटिएको छ। केही दिन अगाडी अष्ट्रेलियन डे मनाएपछि ब्रुस ब्ल्याकबर्न साथीसंगै इंगलवुड सिभिक होटलमा खाजा खान गए । चिप्स र बर्गर मगाएका उनले तेस्रो पटकमा बर्गर टोक्दा, बर्गर टोकिएन। त्यसपछि जब उनले बर्गर हेरे, त्यहाँ मरेको मुसा पाए।

ब्रुस ब्ल्याक्बर्नकी श्रीमती पेटाले फोटो सहित उक्त घटनाको बारेमा फेसबुकमा पोस्ट गरेपछि, घटना संचारमाध्यमहरुमा छाउन थालेको हो। होटेलले खानाको पैसा फिर्ता दिएतापनि आफ्नो गल्ती स्वीकारेर माफी मागेको छैन ।

ब्ल्याक्बर्न दम्पत्तिले यो घटनाको बारेमा स्वास्थ्य विभागमा उजुरी दिने तयारी गरेका छन् ।

तस्बिर स्रोत

Comments

comments