एजेन्सी । क्युबाली क्रान्तिका नायक एवं पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका जेठा छोराले आत्महत्या गरेका छन् ।

क्यास्ट्रोका छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ ।

उनी केही महिनादेखि डिप्रेसनको शिकार बन्दै आएका थिए । यही कारण उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।

तत्कालीन सोभियत संघबाट बिज्ञान पढेका उनी आणबिक भौतिक शास्त्री हुन् । फिडेलिटोले क्युबा सरकारको सल्लाहकारको रुपमा समेत काम गरेका थिए ।

उनका पिता फिडेल क्यास्ट्रो क्युबाली क्रान्तिको नायकका रुपमा चिनिन्छन् । जसको निधन २०१६ नोभेम्बरमा भएको थियो ।

Comments