मेलबर्न । दक्षिण अष्ट्रेलिया राज्यले स्टेट नोमिनेशन एप्लिकेशन बन्द गरेको छ । राज्यले सबक्लास १८८ र १३२ को स्टेट नोमिनेशन एप्लिकेशन बन्द गरेको हो।

दक्षिण अष्ट्रेलियाको वेबसाइटमा राखिएको सुचना अनुसार, गृह मन्त्रालय अन्तर्गत विभागले उपलब्ध गराएका ठाउँहरु पूरा भएकोले एप्लिकेशन बन्द गरिएको हो । गृह विभागले पुन: ठाउँ उपलब्ध गराएपछि एप्लिकेशन खुलाइनेछ । यसको साथै मार्च अन्तिम वा अप्रिल महिनामा एप्लिकेशन पुन: खुल्ने बताइएको छ । एप्लिकेशन खुलिसकेपछि राज्य सरकारको वेबसाइटमा सुचना प्रकाशन गरिनेछ ।

अहिले बन्द गरिएको सबक्लास १८८ बिजनेस इनोभेसन एण्ड इन्भेस्टमेन्ट भिसा हो, जस अनतर्गत भिसाहोल्डरलाई बिजनेस संचालन गर्ने, लगानी गर्ने र अरु उद्धमशिलता सम्बन्धि काम गर्ने अनुमति हुन्छ । त्यस्तै सबक्लास १३२ बिजनेस ट्यालेन्ट पर्मानेन्ट भिसा हो । यस भिसाहोल्डरलाई बिजनेस स्थापना गर्ने अनुमति हुन्छ।

हालको लागि यस भिसाको लागि प्रोसेस गरेका व्यक्तिहरुले वेबसाइटमा एप्लिकेसन पेश गरेको भए, प्रक्रिया अगाडी बढ्ने र वेबसाइटमा अहिलेसम्म एप्लिकेशन पेश नगरेको भए अब पुन: एप्लिकेशन खुलेपछि मात्र प्रक्रियामा जान सक्नेछन्।

Comments

comments