काठमाडौं । कोपा डे रे अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ।

घरेलु मैदान नोउक्यामपसमा बार्सालाई जित दिलाउन लुइस स्वारेजले दोस्रो हाफमा एक गोल गरे।

खेलको ६७औँ मिनेटमा लियोनल मेसीको पासमा स्वारेजले गोल गरेका हुन्।

बार्सिलोना र भ्यालेन्सियाबीच दोस्रो लेग अर्को साता हुनेछ।

Comments

comments