याङ्गुन । म्यानमारका विदेशमन्त्री तथा राज्य सल्लाहकार आङसाङ सुकीको निवासमा बिहीबार बम विस्फोट भएको छ । विदेशमन्त्री सुकी नेपितवमा रहेको बेला निवासमा बम आक्रमण भएको हो ।

निवासमा बिहानै बाहिरैबाट पेट्राेल बम हानिएको थियो । प्रहार गरे लगत्तै बम बिस्फोट भए पनि त्यसबाट क्षति भने भएको छैन । बम बिस्फोट हुनासाथ आगो लागेको थियो । आगो सुरक्षाकर्मीले तत्कालै निभाएका थिए ।
बम बिस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । आक्रमणकारीको खोजी भइरहेको प्रहरी जनाएको छ ।

राज्य परिषदका महानिर्देशक उ जवा हतीले आक्रमणकारी पत्ता लगाएर कारवाही गरिने बतएका छन् ।

पछिल्लो समय रोहिङ्ग्या समुदाय माथि म्यानमार सैनिकले सुकीको आलोचना भइरहेको छ । सिन्ह्वा

Comments