काठमाडौं । पहिले नै सहिद घोषित १४ जनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि सहिद घोषणा गरेको छ ।

२०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले सहिद घोषणा गरेको १४ जनालाई देउवा सरकारले पनि दोहोर्याएको हो ।

देउवा सरकारले ८ महिनामा २ सय ६६ जनालाई सहिद घोषणा गरेको छ ।

नेपाल नेतृत्वको तत्कालीन सरकारले २०६७ सला असारमा एक हजार ६ सय २६ जनालाई सहिद घोषणा गरेको थियो ।

Comments

comments