काठमाडौं। फ्रान्सको नकआउट फुटबल प्रतियोगिता फ्रेन्च लिग कपको उपाधीका लागि मोनाको र पेरिस सेन्ट जर्मन (पीएसजी) भिड्ने भएका छन् । गएराती भएको दोस्रो सेमिफाइनलमा मोनाकोले जितेपछि मोनाको र पीएसजी भिड्ने पक्का भएको हो ।

बुधबार राती भएको पहिलो सेमिफाइनलमा रिनलाई ३–२ गोल अन्तरले हराउँदै पिएसजी फाइनलमा पुगेको थियो भने गएराती भएको दोस्रो सेमीफाइनलमा पीएसजीले मोन्टपिलरलाई २–० गोल अन्तरले पराजित गर्यो ।

मोन्टपिलर विरुद्ध मोनाकोका स्टार स्ट्राइकर रामाडेल फाल्काओले दुवै गोल गरे । फाल्काओले खेलको १५ औं र २९ औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा मोन्टपिलर खेलमा फर्कने प्रयास गरे पनि सफल भएन ।

मोनाको र पिएसजीबीचको फाइनल खेल आगामी मार्च ३१ तारिखमा हुनेछ । गएको संस्करणको फाइनलमा पनि यी दुवै टोली भिडेकोमा पिएसजी ४–१ गोलले विजयी हुँदै सातौं पटक प्रतियोगिताको उपाधी जितेको थियो ।

Comments

comments