काठमाडौं । वाग्मती सफाइ महाअभियानलाई भारतमा पुरस्कृत गरिएको छ । सफाइ अभियानले ‘देशव्यापी जागरण ल्याएको भन्दै’ अखिल विश्व गायत्री परिवारले भगीरथ पदक तथा पुरस्कार दिएको हो ।

गायत्री परिवारले आइतबार नागपुरमा पुरस्कार तथा सम्मान बितरण गरेको छ । अभियानका तर्फबाटअभियन्ता डा राजु अधिकारीले भगीरथ पदक ग्रहण गरे । भारत गंगा सफाइ तथा पारवहन मन्त्री नीतिन गडकरीले पुरस्कार हस्तान्तरण गरिन । मन्त्री गडकरीले सफाइ महाअभियानको निरन्तरताको कामना पनि गरिन ।

२०७० साल जेठ ५ गतेदेखि हरेक शनिबार शुरु गरिएको सफाइ अभियानले २ सय ४६ साता पार गरिसकेको छ । आउँदो शनिबार २ सय ४७ औं अभियान हुँदैछ । अभियानबाट ४५ भन्दा बढी स्थानमा नदि सफाइ भएको छ ।

सम्मेलनमा १२ अभियन्ता सहभागी थिए । कार्यक्रममा भारत, क्यानडा, अष्ट्रेलिया, मोरिसस र भुटानका प्रतिनिधि समेत सहभागी थिए ।

Comments

comments