नैरोबी । विभिन्न कारणले अफ्रिकीहरु मुलुकबाट विस्थापित हुने क्रम बढ्रदाे छ । सन् २०१७ को अन्त्यसम्म ५५ लाख अफ्रिकी मुलुक बाहिर गएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

विस्थापितमध्ये ४१ लाख नागरिक आन्तरिक रूपमा विस्थापित बनेका छन् भने १४ लाख नागरिक अफ्रिकी विभिन्न मुलुक, यूरोप तथा अमेरिकामा शरणार्थी जीवन विताइरहेका संयुक्त राष्ट्रसंघ मानवीय सहयोग मामिला हेर्ने संस्था यूएन्एचसीआरले जनाएको छ ।

अफ्रिकी मुलुक त्यसमा पनि खासगरी पूर्वी क्षेत्रका जिबुटी, इरिट्रीया, इथियोपिया तथा सोमालिया विस्थापित तथा आप्रबासी शरणार्थीहरूको महत्वपूर्ण आवतजावत गर्ने बाटोको रूपमा लिने गरिन्छ ।

प्रतिवेदनमा सन् २०१८ को पहिलो छ महिनामा आन्तरिक तथा बाह्य विस्थापितको सङ्ख्यामा कमी नआउने अनुमान गरिएको छ । खडेरी, द्वन्द्व, गरिबी, यौन हिंसा तथा लैँ्गिक हिंसा लगाउतका कारणले नागरिक विस्थापित हुने गरेका छन् ।

सन् २०१७ को तुलनामा खाद्य असुरक्षाकाबीच जीवन निर्वाह गर्ने ३६ प्रतिशतले वृद्धि भई यसवर्षको अन्त्यसम्म एक करोड ४६ लाख पुग्ने बताइएको छ ।

गत वर्ष ५२ लाख बालबालिका तथा महिलामा जटिल खालको कुपोषणको समस्या देखिएको र यो सङ्ख्यामध्ये करिब छ लाख ४० हजारले अस्पतालमा भर्ना भई उपचार गराएको, प्रतिवेदनमा उल्लेख छ । सोमालियामा करिब १२ लाख, इथियोपियामा ३६ लाख, तीन लाख ७० हजार बालबालिका तथा गर्भवती महिलामा जटिल कुपोषणको समस्या देखिएको बताइएको छ । सिन्ह्वा

Comments