एजेन्सी । हलिवुड अभिनेता मार्क सालिङ मंगलबार मृत भेटिएका छन्। उनलाई प्रहरीले लस एन्जल्सको तुजुङ्गामा झुण्डिरहेको अवस्थामा भेट्टाएको हो।

घटनास्थल हेर्दा उनले आत्महत्या गरेको अनुमान गरिएको छ। प्रहरीले थप अनुसान्धान अगाडी बढाएको बताइएको छ।

हिट म्यूजिकल कमेडी फिल्म ‘ग्लि’मा ‘पक’को भूमिकामा अभिनय गरेर चर्चामा आएका ३५ वर्षिय अभिनेतालाई हालै बाल प्रोनोग्राफी राखेको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो।

मार्कको कम्पूटर तथा थम ड्राईमा बाल यौनसँग सम्बन्धित करिब ५० हजार अश्लिल तस्विरहरू भेटिएपछि सोमा दोषी ठहर भएका थिए। सो मुद्धामा मार्च ७ मा अन्तिम निर्णय हुँदै थियो। सो मुद्धामा आरोपीकर्ताहरूले उनलाई चारदेखी सात वर्षको कैद सजाय माग्ने तयारी गरिरहेका थिए।

उनी अभिनेतासँघै गीतकार तथा गायक समेत हुन। उनका दुई एल्बम सार्वजनिक भएका छन भने एउटा रिलिजको तयारीमा थियो।

Comments

comments