मेलबर्न । तामाङ समुदायको नयाँ वर्ष तथा सांस्कृतिक पर्व ल्होछारको अवसरमा यस वर्ष पनि अष्ट्रेलियाको मेलबर्नमा डम्फू साँझ हुने भएको छ ।

तामाङ समाज भिक्टोरियाको आयोजनामा हुने डम्फू साँझ आगामी ३ फेब्रुअरी २०१८ मा मेलबर्नस्थत प्रिस्टन सिटी हलमा हुनेछ । तामाङ समुदायले यसपटक २८५४ औं नागी ल्हो मनाउँदैछन् ।

डम्फू साँझमा विगतका वर्षहरुमा जस्तै यसपटक पनि विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिहरुका साथमा नेपाली खानाका स्टलहरु रहनेछन् । यस्तै लामा मोल्हम पूजा पाठ समेत रहने बताइएको छ ।

डम्फू साँझमा यसपटक स्थानीय कलाकारहरुको गीत तथा नृत्य प्रमुख आकर्षण रहने आयोजक तामाङ समाज भिक्टोरियाले हिमालयन कङ्गारुलाई बतायो ।

Comments

comments