मेलबर्न । अष्ट्रेलियाको नेपाली समुदायमा सक्रिय अगुवा मध्येमा आउने एक नाम हो ‘ डिला खरेल ‘। सामाजिक काममा सक्रिय रुपमा लागि पर्ने उहाँ सफल व्यवसायी पनि हुनुहुन्छ।

नेपालमा चितवनको भरतपुर घर भएका डिला खरेलले न्यु साउथ व्हेल्समा ‘इनोभेटिभ एसोसिएट्स’ नामक बिजनेस तथा फाइनान्स सम्बन्धि कम्पनि चलाइरहनुभएको छ। सन् २०११ मा स्थापना भएको यो कम्पनीले ट्याक्स, फाइनान्स, अकाउन्टिंग सम्बन्धि सेवा दिंदै आएको छ। ‘बिजनेस फर योर बिजनेस’ भन्ने नाराले यस कम्पनी स्थापनाको मूख्य उद्देश्य झल्काउँछ।

Image may contain: 1 person, smiling

कम्पनिको उद्देश्यलाई प्रष्ट पार्दै संचालक खरेल भन्नुहुन्छ ,” मूख्य गरि नेपाली समुदायलाई घर / कार , बिजनेस आदिको फ़ाइनान्सिङ्गको लागि सहयोग गर्ने हाम्रो उद्देश्य हो। र, केही हदसम्म हाम्रो उद्देश्य पूरा पनि भएको छ। यसलाई अझ व्यापक बनाउनको लागि हामीले निकट भविष्यमा अष्ट्रेलियाभर नै सेवा विस्तार गर्ने सोंच बनाएका छौं।’

एनआरएनए अष्ट्रेलियाका प्रवक्ता समेत रहनुभएका डिला खरेलले आफ्नो कम्पनी मार्फत गुणस्तरीय सेवा दिंदै अष्ट्रेलियामा रहेको नेपाली समुदायलाई व्यवसायिक संगै सामाजिक रुपले सहयोग गर्ने र नेपालमा समेत लगानी गर्न तथा लगानीको लागि प्रोत्साहन गर्न आवश्यक कदम उठाउने समेत बताउनुभयो ।

Comments

comments