भारत । मानिसकाे मन कति कठोर र निर्दयी हुन्छ भन्ने एक घटना सार्वजनिक भएको छ । भारतको उत्तर पश्चिम दिल्लीको सकुर बस्तीमा घटेको यो घटना सुन्दा अचम्म लाग्छ, तर यो सत्य हो ।

सकुर बस्तीमा बस्ने एक परिवार (आमाबुवा) दिउँसो ८ महिने छोरीलाई नानीहरुको जिम्मा छोडेर काम गर्न गएका थिए । उनीहरु घरको पहिलो तलामा बस्थे भने ग्राउण्ड फ्लोरमा परिवारका अन्य सदस्य पनि थिए । तर, साँझ कामबाट फर्किँदा छोरी रगताम्मे अवस्थामा भेटिएकी थिइन् । हतारमा ती बुवाआमाले छोरीलाई डाक्टर कहाँ पु¥याएका थिए ।

उनको यौनाङ्गमा चोट लागेको छ र अहिले सर्जरी गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । एक वरिष्ठ प्रहरी अधिकारीले डाक्टरलाई उद्धृत गर्दै भनेका छन् ती बालिकाको अवस्था गम्भीर रहेको छ ।

शिशुलाई काकाको छोराले घरको अर्को भागमा लगेर बलात्कारको प्रयास गरेको अभियोग लागेको छ । बालिका बेहोस हुनका साथै रत्तस्राव भएपछि छाडेर भागेका थिए । उनलाई अर्को दिन मात्र पक्राउ गरिएको हो । उनले आफ्नो अपराध स्वीकार गरेको समेत प्रहरीले बताएको छ ।

Please follow and like us:

Comments