मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा शाकाहारीको समूहले र्याली र साथमा मासुको परिकार खाइरहेकालाई रेष्टुरेन्ट भित्र गएर गाली गरेको छ। आफूहरु बोल्न नसक्ने र बाँच्न चाहँदा चाहँदै मर्नुपर्ने पशुहरुको पक्षमा बोलिरहेको बताउंदै मेलबर्न काउ सेभ एनिमल लिबरेशन आर्मीको नेतृत्व सहितको टोलीले आन्दोलन गरेको हो।

गत शनिबार साँझ मेलबर्नमा रहेको रेयर स्टेकहाउसमा पसेर उक्त समूहले त्यहाँ मासुका परिकार खाइरहेका ग्राहकहरुको खाना , ग्राहक र स्टेकहाउस संचालकलाई समेत अपशब्द बोलेको बताइएको छ ।

यो घटनापछि केहीले पशुअधिकारको लागि आवाज उठाएकोमा खुशी व्यक्त गरेका छन् भने धेरैले उनीहरुको यस्तो व्यवहारले कसैको अधिकार संरक्षण हुने नभई झन् घृणा पैदा हुने बताएका छन् । उनीहरुको त्यो व्यवहारप्रति विरोध जनाउनेमा शाकाहारीहरु समेत उल्लेख्य मात्रामा छन्।

तस्बिर स्रोत : सेभेन न्युज

Comments