मेलबर्न । अष्ट्रेलियाको ब्रिसबेनमा एक दम्पत्ति आफ्नै घरमा मृत फेला परेका छन् । तीन सन्तानका आमा बाबु उनीहरु सोमबार दिउँसो मृत फेला परेका हुन् ।

सेभेन न्युजका अनुसार, घटनास्थल हेरेर हत्या-आत्महत्या, वा हत्या के हो, अनुमान गर्न नसकिने अवस्था छ। प्रहरीले घटनाबारे अनुसन्धान अगाडी बढाइसकेको छ।

उनीहरुको छिमेकीहरुका अनुसार, दुवै श्रीमान श्रीमती असल लाग्थे र छोरीहरुलाई छिमेकी बालबालिकाहरुसंग खेल्न समेत दिन्थे । उनीहरुका तीन छोरी छन् र सबैभन्दा कान्छी छोरी सानी बच्ची नै रहेको बुझिएको छ ।

तस्बिर स्रोत : सेभेन न्युज

Comments

comments