एजेन्सी । फ्रान्सेली लिग वान क्लब मोनाकोमा युवा स्टार केलियन एमबाप्पेलाई रियल मड्रिडले अनुबन्ध गर्ने प्रयास गरेपनि उनले पेरिस सेन्ट जर्मेइन् (पीएसजी) लाई रोजेको रहस्य सार्वजनिक भएको छ। मोनाकोका उपाध्यक्ष बादिम वसिलिभले एक रेडियो अन्तर्वार्तामा उक्त कुरा सार्वजनिक गरेका हुन् ।

अन्तर्वार्तामा वसिलिभले भनेका छन् , ” हो, रियलले पनि उसलाई (एमबाप्पे) पीएसजीले जति नै प्रयास गरेको थियो। म सधैं स्पष्ट छु र केही लुकाउनु पनि आवश्यक ठान्दिनँ । र, म केलियन र उनका परिवारको इच्छाको सम्मान गर्छु । ”

रियलमा जाँदा बेञ्चमा धेरै समय बिताउनुपर्ने सम्भावना भएकोले एमबाप्पेले पीएसजी रोजेको बताइएको छ ।

Comments

comments