काठमाडौं । संघीय संसद सचिवालयबाट संसद पदाधिकारीको हैसियतमा लिएको सवारीसाधन प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता नगरेको पाइएको छ । सुविधाका रुपमा संसद सचिवालयबाट लिएका तीनवटा गाडी सचिवालयमा अझै फिर्ता नगरिएका पाइएको हो ।

प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा सवारीसाधन लिएका प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वसभामुख ओनसरी घर्ती, र पूर्वसभामुख रामचन्द्र पौडेलले पदीय हैसियतमा लिएको गाडी संसद सकिएको लामो समयसम्म पनि फिर्ता नगरेको संसद सचिवालयले जनाएको छ ।

Comments

comments