काठमाडौं । सरकारले आर्थिक सहायता शीर्षकमा एक वर्षलाई छुट्याएको बजेटसहित थप साढे ७ करोड रुपैयाँ ६ महिनामै दलका नेता कार्यकर्तालाई बाँडेको छ ।

आर्थिक वर्ष २०७४।७५ का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड रुपैयाँ छुट्याएको भए पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो ६ महिनामै साढे ३२ करोड रुपैयाँ खचै गरिसकेको छ ।

‘आर्थिक सहायता शीर्षकमा यो आर्थिक वर्षमा लागि छुट्याएको रकम पहिलो ६ महिनालाई पनि पुगेन,’ अर्थमन्त्रालय स्रोतले भन्यो ।
‘कसकसलाई आर्थिक सहयाता उपलब्ध गराउने भन्ने सूचीसहितको प्रस्ताव सीधै मन्त्रिपरिषद बैठकमा लगिन्छ र पास हुन्छ । मन्त्रिपरिषदको निर्णयलाई रोक्न मिल्दैन,’ स्रोतले भन्यो ।

Please follow and like us:

Comments