एजेन्सी। २०१८ को ग्रामी अवार्ड सम्पन्न भएको छ। ब्रुनो मार्स र केन्ड्रिक लवार्स यसपाली सबैभन्दा धेरै ग्रामी अवार्ड प्राप्त गर्ने कलाकार बनेका छन् ।

संगीत क्षेत्रमा सबैभन्दा प्रमुख मानिने ग्रामी अवार्डमा मार्सले वर्षको उत्कृष्ट एल्बम, रेकर्ड तथा गीतको अवार्ड हात पार्दा लामारले पप क्याटेगोरीका धेरै विधामा अवार्ड प्राप्त गरेका छन्।

मार्सले ३ शीर्ष अवार्डसँगै कुल ६ अवार्ड हात पार्न सफल भएका छन्। यी मुख्य मानिएका अवार्डहरूमा यी दुईले आफ्नो पकड जमाउँदा अन्य चर्चित र अवार्डको सम्भावित बोकेका कलाकारहरू भने खाली हात फर्किनु परेको छ।

महिलातर्फ न्यू आर्टिष्टमा अलेसा काराले अवार्ड हात पारेकी छन्। उनी मुख्य अवार्ड हात पार्ने एक मात्र गायिका बन्न सफल भइन्। कुल ८६ विधामा अवार्डमा १७ विधामा मात्रै महिला वा महिलाप्रधान समूहले जितेका थिए।

एल्बम अफ दि इयर – ब्रुनो मार्स – २४ के म्याजिक
रेकर्ड अफ दि इयर – ब्रुनो मार्स – २४ के म्याजिक
सङ अफ दि इयर – ब्रुनो मार्स – द्याट्स ह्वाट आइ लाइक
उत्कृष्ट नयाँ कलाकार – एलेसिया कारा
उत्कृष्ट पप एल्बम – एड शीरन – डिभाइड
उत्कृष्ट रक एल्बम – द वार अन ड्रग्स – अ डिपर अण्डरस्ट्याण्डिङ
उत्कृष्ट आर एण्ड बी एल्बम – ब्रुनो मार्स – २४ के म्याजिक
उत्कृष्ट र्‍याप एल्बम – केन्ड्रिक लामार – ड्याम
उत्कृष्ट पप सोलो परफमेन्स – एड शीरन – सेप अफ यु
उत्कृष्ट पप डुओरग्रुप परफमेन्स – पोर्चुगल, द म्यान – फिल इट स्टिल
उत्कृष्ट डान्स रेकर्डिङ – एलसिडी साउण्ड सिस्टम – टोनिटी
उत्कृष्ट डान्सरइलेक्ट्रोनिकक एल्बम – क्राफ्टवेर्क – ३–डी द क्याटलग
उत्कृष्ट रक परफमेन्स – लियोनार्द कोहेन – यु ह्वाट इट डार्कर
उत्कृष्ट मेटल परफमेन्स – म्यासटोडन – सुल्तान्स कर्स
उत्कृष्ट रक सङ – फू फाइटर्स – रन
उत्कृष्ट रक एल्बम – द वान अन ड्रग्स – अ डिपर अण्डरस्ट्यान्डिङ
उत्कृष्ट अल्टरनेटिभ एल्बम – स्लिप वेल विट्स
उत्कृष्ट अर्बन कन्टेम्पोररी एल्बम – द विक्याण्ड – स्टारब्वाइ
उत्कृष्ट र्‍याप परफमेन्स – केन्ड्रिक लामर – हम्बल
उत्कृष्ट र्‍यापरसङ परफमेन्स – केन्ड्रिक लामार फेट रिहान्ना – लोयालिटी
उत्कृष्ट र्‍याप सङ – केन्ड्रिक लामार – हम्बल
उत्कृष्ट कन्ट्री एल्बम – क्रिस स्टपलेटन – फ्रम अ रुम स् भोल्युम वान
उत्कृष्ट म्युजिकल थिएटर एल्बम – डियर इभान हनसेन
उत्कृष्ट कमप्लेसन साउण्डट्रयाक फर भिजुअल मिडिया – ला ला ल्याण्ड
उत्कृष्ट स्कोर साउण्डट्रयाक फर भिजुअल मिडिया – ला ला ल्याण्ड – जस्टिन हुर्विट्ज
उत्कृष्ट सङ रिटन फर भिजुअल मिडिया – हाउ फार आइ विल गो – मोआना
उत्कृष्ट प्रोड्युसर – ग्रेग कुस्र्टिन
उत्कृष्ट म्युजिक भिडियो – केन्ड्रिक लामार – हम्बल
उत्कृष्ट म्युजिक फिल्म – द डेफिनेट वान

Comments

comments