एजेन्सी । दश साँप र १२ टेरन्टुला (ठूला जातका माकुरा) घरमा पालेका व्यक्तिको आफैले पालेको अजिंगरले टोकेर मृत्यु भएको छ । गत २५ अगस्टमा ड्यानिएल ब्राण्डनलाई बसिङ्गस्टोक ह्याम्प्सायर नजिकै आफ्नो घरमा अजिङ्गरले टोकेको हो ।

३१ वर्षीय ड्यानिलले उक्त अफ्रिकी पोथी घर–पालुवा अजिङ्गरको नाम ‘टाइनी’ राखेका थिए र उसलाई खुब माया गर्थे । उनकी आमा बरबराका अनुसार ब्राण्डनले बिगत १६ वर्षदेखि सर्पहरु पाल्दै आएका थिए । उनले कहिल्यै ‘टाइनी’बाट खतरा महसुस गरेका थिएनन् । अजिङ्गरको बलबारे ड्यानियल राम्रो जानकार रहेको तर उनी सो अजिङ्गर पालेको कोठामा पस्दा भने कहिले काँही डस्न झम्टीएको आमा बरबराले बताएकी छिन् ।

उनले अदालतमा आफ्नो छोराको मृत्यु भएको रात उसको कोठाबाट चर्को आवाज सुनेको बताइन तर उनले त्यसलाई डम्बेल वा केही चिजमा ठोक्किएको जस्तो लागेको बताइन् । पछि उनले आफ्नो छोरा सयनकक्षमा अचेत पाएको र अझ पछि अजिङ्गर दराजमुनि बेरिएको अवस्थामा पाएको बताइन् । ड्यानिएलको मृत्युपछि गरिएको अनुसन्धानमा अजिङ्गरले टोकेर नै उनको मृत्यु भएको पुष्टी भएको छ ।

Comments

comments