काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा अशान्ति र अराजकता फैलाउने शक्ति सक्रिय रहेको बताएका छन् ।

प्रेस सेन्टरको १४ औ स्थापना दिवसको सन्दर्भमा महिला विभागले सोमबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले भने, ‘मुलुक आर्थिक विकासतिर नभई अराजकताको भुमरिमा परिरहोस् भन्ने चाहाना राख्ने शक्ति अझै पनि सक्रिय रहेको छ ।’ उनले थपे– ‘संघीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशी समानुपातिक प्रतिनिधित्व मन नपराउने मान्छेहरु मुलुकमा राजनितिक अस्थिरता कामयै रहोस् भन्ने कामनाका साथ सक्रिय रहेका छन् ।’

अराजक शक्तिका विरुद्ध एकजुट भई मुलुकलाई अस्थिरताको भुमरिबाट बाहिर ल्याई विकास र समृद्धिको बाटोमा अघि बढाउन कम्युनिष्ट एकता, बामगठबन्धन र साझा उम्मेदवारका साथ प्रदेश र संघको निर्वाचनमा लागेको पनि दाहालले स्पष्ट पारे ।

अध्यक्ष दाहालले मुलुकलाई विकास र आर्थिक सम्वृद्धि तर्फ अघि बढाउने आफुहरुको निष्कर्ष र पहललाई जनताले निकै उत्साहका साथ अनुमोदन गराएकाले अब सापेक्षिक रुपमा मुलुक राजनितिक स्थायित्व र शुसासन तर्फ अघि बढ्ने बताए ।

जनयुद्धको समयमा कलम, बन्दुक र हतियार बलियो भएतापनि अहिले कलम नै बलियो छ । कलमलाई सहि सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा जनयुद्धमा पत्रकारिता गरेका महिलालाई सम्मान गरिएको हो ।

Comments

comments