मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा संचालित एक भारतीय रेष्टुरेन्ट कारबाहीमा परेको छ ।

वेस्ट फुटस्क्रेमा रहेको उक्त रेष्टुरेन्ट र कक्टेल बार, पाण्डुज विरुद्ध सनसाइन मजिस्ट्रेट कोर्टले फैसला सुनाएको हो ।

खाना असुरक्षित राखेको, बासी खाना व्यवस्थित नगरेको, आवश्यक सरसफाई नगरेको आदि कारण देखाउँदै कारबाही गरिएको छ।

कारबाही स्वरुप रेष्टुरेन्ट मालिकले ३ हजार १ सय ८ डलर जरिवाना र २१२ डलर कानुनी खर्चको रुपमा तिर्नुपर्ने भएको छ ।

तस्बिर : SBS

Please follow and like us:

Comments